काठमाडौ । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सोमवार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।
सर्वोच्च अदालतले तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।पेरिसडाँडामा सोमवार भएको बैठकले माधव नेपाल र झलनाथ खनाल लगायतका एमाले नेताहरुसंग विदाई बैठक गरेका छन् । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए ।
नेपाल समुहले एमालेमै रहेर पनि ओलीसँग लड्ने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले) का १ सय २० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ ।
त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ । अदालतको आदेशलाई सम्मान गर्नुपर्ने वाध्यात्मक परिस्थिती भएकाले पनि उनीहरुका अगाडी अर्को विकल्प छैन । ‘एमाले भनेको हामीले बनाएको पार्टी हो ।
त्यसभित्रै रहेर संघर्ष गर्ने हो । जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो नेपाल निकट एक नेताले भने । सो निष्कर्ष पछि माधव नेपाल समुह पेरीसडाँडामा जारी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी हुन पुगेका थिए ।






