काठमाडौ । खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो राजनीतिक घटनाक्रमलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलोपिठो भएको संज्ञा दिएका छन् । उनले प्रचण्ड र डा। बाबुराम भट्टराईले गलत बाटो लिएकाले यस्तो अवस्था आएको बताएका छन् । कुनै बेला प्रचण्ड उभिदा मात्र पनि राजनीतिक हलचल हुने अवस्था थियो तर अहिले आफुहरुले उनको साथ छोडेपछि धुलोपिठो भएको बताए ।
कपिलबस्तुमा अखिल नेपाल महिलासंघ ९क्रान्तिकारी०को सातौं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो प्रतिकृया दिएका हुन् । उनले पद नपाएका कारण प्रचण्डको साथ छोडेको भन्दै आफुहरु विरुद्ध गलत हल्ला चलाईएको पनि जिकिर गरे । उनीहरुले गलत बाटो अपनाएकाले साथ छोडेको भन्दै विप्लवले एक्लिएका प्रचण्ड अहिले भने धुलोपिठो भएको बताए ।
‘२० वर्ष प्रचण्डलाई कसैले हल्लाउन सक्दैन भन्थे नि, हामीले छाडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन त, उनले सम्बोधनका क्रममा भने, प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो त्यो कुरा साँचो हो । तर अहिले अवस्था त्यस्तो छैन । उनका लागि लाखौं हाम्रा दिदीबहिनी सहिद हुन तयार भएका थिए भन्दै आफुहरु पनि त्यस्तै वाटोमा रहेको बताएका छन् ।
प्रचण्डले सहिदको सपना विर्सिएको, सहिद परिवार छोडेको, बे प त्ता भएका योद्धाहरुको मुल्याकंन नगरेको, किसान मजदुरका झुपडी छोडेको आरोप लगाउँदै त्यसैले उनको साथ पनि आफुहरुले छोडेको बताए । माधवजी नभएको भए त म कमान्डर लिएर हिँड्थे भन्ने रु त्यो सिद्धिएको कुरा होइन रु’ उनको जिकिर थियो । भिडियो






