काठमाडौ । सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ । दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अघि बसेको नेपाल समूहको बैठकले अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्विप नमान्ने निष्कर्ष निकालेको हो ।
छलफलमा नेपाल समूहले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका हुन् । ‘हामी अदालतको आदेशका कारण एउटा विशेष अवस्था आइ परेको छ। हामी एमाले फर्किन्छौं तर ओली प्रवित्तिविरुद्ध लड्छौं । ह्वीप मान्नेवाला छैनौं ।’, नेपाललाई उदृत गर्दै स्रोतले भन्यो । एमाले र माओवादी ब्युँताइएको विषयमा भने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णयमा पनि उक्त समूह पुगेको छ ।
२०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए । अहिले प्रचण्डमा माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ । छलफलले एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्दै पुनः पार्टी एकताको लागि पहल गर्ने भएको छ । बैठकमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललगायत नेताहरु सहभागी थिए ।






