काठमाडौ । सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
दिवसको अवसरमा सोमबार विज्ञप्ती जारी गर्दै नेता गौतमले निर्णय तहमा समान अधिकारसहित विभेद अन्त्यको कामना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आ न्दो ल नमा संघर्षरत छन् ।
अहिले पनि पुरातन अवस्थाको समान कामको समान ज्याला कायम गर्न र विभेदरहित सामाजिक संरचना निर्माण गर्ने कार्यभार बाँकी छ ।” सन् १८८९ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा भएको मजदुर वि द्रो ह आज १११ औं वर्षमा प्रवेश गरेको छ ।
पूँजीवादी व्यवस्थामा शो ष ण उ त्पी ड नका स्वरुपमा धेरै परिवर्तन भए पनि शो ष ण, द म न, उ त्पी ड न र वि भे दसंगै महिला हिं सा बाँकी नै रहेकाले त्यसको अन्त्य आवश्यक रहेको नेता गौतमले बताएका छन् ।
“विश्वभरका महिलाले मनाइरहेको १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ऐक्यवद्धता प्रकट गर्दै स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु” नेता गौतमले विज्ञप्तीमा उल्लेख गरेका छन् ।






