काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले अदालत र नेता केपी शर्मा ओलीले आफूलाई समस्यामा पारेको बताएका छन् । उनले एक अन्तरवार्तामा यस्तो बताएका हुन् ।
अदालतको फैसलापछि साविकको एमालेमै पनि तपाईंको नेतृत्वमा रहेको समूहलाई सबैभन्दा ठूलो अप्ठ्यारो परेको हो ? भन्ने प्रश्नमा माधव नेपाल भन्छन्, ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो । किन यस्तो भयो होला ? यो त विचित्रै भयो ।’
उनी अगाडि थप्छन्, ‘किन यस्तो गरेको होला ? टा र्गे ट त मलाई नै बनाएको देखियो । केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । न्यायाधीशहरूले मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो ? कसरी आइपर्यो त्यो स्थिति ?’
अदालतको फैसलाले माधवकुमार नेपाल, झलनाथ खनालजस्ता नेकपा एमालेका पूर्व नेताहरुलाई अचम्म र समस्यामा एकै पटक पारेको छ । एमालेमै फर्किन पनि उनीहरु नैतिक रुपमा सक्षम छैनन् । माओबादी केन्द्रमा बस्न उनीहरु कानूनी रुपमा नमिल्दो अवस्थामा छन् ।






