काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र निर्वाचन आयोगले समेत सो नाम उनीहरुलाई पनि दिएको भनी कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
त्यसबारे आज आइतबार फैसला गर्दै अदालतले उनकै पक्षमा फैसला गरेको हो । आन्दोलनरत नेकपाका अध्यक्ष नेपालले जन्मदिन मनाइरहेकै बेला सर्वोच्चको यस्तो फैसला आएको हो । संयोग यस्तो परेको छ की, प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै जन्मदिनको दिनमा सर्वोच्चले संसद विघटन गर्ने ओलीको निर्णय असंवैधानिक भन्दै फैसला सुनाए जस्तै आज माधव नेपाललाई पनि त्यस्तै झट्का दिएको छ ।
ओलीले केक खाँदै गरेको बेलामा सर्वोच्चले उनको निर्णय असंवैधानिक भएको फैसला सुनाएको थियो भने आज संसद बैठक बस्ने भएकाले नेपालले भने केक खान पाएका थिएनन् । उनी संसद बैठक अघि नेकपामा देखिएको विवादका कारण छलफल र योजनामा ब्यस्त भएका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएको छ ।
ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मु द्दा मा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी वि वाद थप जटिल बनेको छ ।
अब दुबै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झु न्ड्या उ नु पर्नेछ । सर्वोच्चको यस्तो फैसलाले नेकपामा ओली तर्फ लागेका पूर्व माओवादी र प्रचण्ड तर्फ लागेका पूर्व एमालेलाई नैतिक अप्ठेरो पर्ने देखिएको छ ।.






