चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहले सरकारलाई हतियार किन नबुझाएको भन्दै प्रश्न गरेका छन् । नेता केसीले हिं सा त्म क गतिबिधी गरेको समूहलाई ह ति या रबिना शान्तिपुर्ण वार्तामा ल्याएकोभन्दै आपत्ति जनाएका छन् ।
सरकारसँग गरिएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएको भन्दै यसलाई कांग्रेसले ग म्भी र रुपमा लिएको नेता केसीको भनाइ छ । ह ति या र व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले ग म्भी र ग ल्ती गरेको उनले आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो बताएका हुन् । ‘सरकार र विप्लव नेतृत्वको नेकपा माओवादीबीचको तीन बुँदे सहमतिमा सकारात्मक रुपले हेरेका छौँ । त्यसलाई स्वागतयोग्य र सकारात्मक मान्दामान्दै पनि तीनबुँदे सहमतिमा ह ति या र व्यवस्थापनको कुरा छैन’
केसीले भने ‘यो कुरालाई हामीले ग म्भि र तापूर्वक लिएका छौँ । विप्लब समूहसँग ह ति या र नै छैन भन्ने त होइन । ह ति या र व्यवस्थापन नदिएको कुरामा हामी ग म्भी र छौँ ।’ यसवाहेक केसीले काँग्रेस अबको दुई वर्ष प्रतिपक्षको भूमिकामा बस्नुपर्ने धारणा राखे । कम्यूनिष्ट पार्टी कानूनी र प्राविधिक रुपमा नेकपा एउटै रहेको बताए ।
कुनै एक पक्षलाई सरकारमा सहयोग गरेरे सत्ताबाहिर बसेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । केसीले भने ‘यो पाँच वर्षभित्र भएका विधीविहिनता, भ ष्ट्रा चा रको, बेथितीको भारी बोक्नु भन्दा अलग बस्नु राम्रो होला भन्ने मेरो धारणा हो । बाँकी पार्टीले निर्णय गर्ला ।’






