काठमाडौ । विप्लव समूहसंग ३ बुँदे सहमतीमा हस्ताक्षर गरेर विप्लवलाई शान्तिपूर्ण राजनीतिकानिम्ति वातावरण बनाएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् । गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी उनैको निवास भैंसेपार्टी पुगेका हुन् ।
प्रचण्ड–माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओली केही महिना अघि पनि सपरिवार गौतम निवास पुगेर नेता गौतमसंग भेटवार्ता गरेका थिए । ओलीसँगै शुवास नेम्वाङ, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू गौतम निवास पुगेका छन् ।






