काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) बाट नेपालमा हिं साको अन्त्य भएको बताएका छन् । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आजदेखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउँदै हिं साको अन्त्य भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आज (शुक्रवार) नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ुफोर्स ल्याण्डिङु वा ुक्र्यास ल्याण्डिङु नभइ ‘सेफ ल्याण्डिङ’ भएको बताए ।
प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता रातारात भएको नभइ लामो समयको छलफलपछि सम्भव भएको पनि बताए । सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मु द्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे । राष्ट्रिय सभा गृहमा हस्ताक्षरअघि शुक्रवार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको थियो ।






