काठमाडौ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आए । उनले यस अवधिमा हासिल गरेका दुई महत्त्वपूर्ण सफलताहरु छन् । ती हुन् एउटा सिके राउत र अर्को नेकपा विप्लव समूह ।
ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाकालागी सिके राउतलाई र विप्लब समूहलाई मूलधारको राजनीतिमा ल्याएउनु नै उनको ठूलो सफलता मानिएको छ । लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई ०७५ फागुन २४ गतेदिन प्रधानमन्त्री ओलीले सहमतीमा ल्याएका थिए भने ।
बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ विप्लवलाई पनि उनले सहमतीमा ल्याएका छन् । यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । तसर्थ सम्बृद्ध नेपालकालागी यस कुरालाई आधार मानेर प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।
मूल धारको राजनीतिबाट पृथक बाटोमा हिँडेका सिके राउत र विप्लव समूहलाई सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिक गतिविधिमा केन्द्रित तुल्याउन ओली सरकारले निर्वाह गरेको भूमिकालाई धेरैले स्वागत गरेका छन् ।






