काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पहिचान गुमाएका प्रचण्डको पक्ष नलाग्न माधव नेपाललाई सुझाव दिएका छन् । दाहाल नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाललाई नेता बस्नेतले प्रचण्डको पछि नलाग्न आग्रह गर्दे भने,‘यदि तपाईं अस्सली एमाले हो भने यता आउनुस् ।’
नेता बस्नेतल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । भरतपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले भने, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नु भएको छ ।” उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे ।
“दाहाल–नेपाल पार्टी फु टाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फु टाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उनले भने, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”
आफ्नो पहिचान गुमाएका प्रचण्डले अरुको पहिचान सूर्य चिन्हका लागि मरिहत्ते गरिरहेको उनले बताए । मुलुकलाई विभिन्न वर्ग, जात र भूगोलका आधारमा पहिचानको मुद्दा उठाएर गृहयुद्धमा फँसाउन षड्यन्त्र गर्ने प्रचण्डले अहिले आफ्नो पहिचान नै गुमाएको बस्नेतले तर्क गरे ।






