काठमाण्डौ । प्रचण्डलाई परिवारको चिन्ताले स’ताइरहन्थ्यो । उनको ल’डाइँ दुई–चार महिना वा वर्षमा सकिने खालको थिएन । यस्तो अवस्थामा छोरीहरुको भविष्य के हुन्छ ? मुख्य चि’न्ता यही थियो । प्रचण्ड तीन जना छोरीका पिता थिए । सबैभन्दा ठूली ज्ञानु, त्यसपछि रेणु अनि गंगा । ज्ञानुको विवाह ज’नयु’द्ध सुरु हुनुभन्दा तीन वर्षअघि नै भएको थियो । रेणु र गंगा भने यु’द्धका क्रममा हुर्किएका हुन् । त्यसै क्रममा मा’ओवादीभित्र रेणुको विवाहलाई लिएर बैठक बस्यो ।
पार्टीले रेणुको विवाहको प्रस्ताव पास गर्यो र उनलाई पार्टीको निर्णय र प्रस्तावबारे जानकारी गराइयो । उनलाई केटा हेर्न भारतको जा’लन्धर पठाइयो । उनी हाँ’स्दै भन्छिन्, ‘अरु केटी हेर्न जान्छन्, मचाहिँ केटा हेर्न गएकी थिएँ । म केटाको घरमा दुई दिन बसें । तर विवाह गर्ने मुड थिएन । उमेर पनि सानै थियो । बुबाले हामीलाई सँगै राख्ने स्थिति पनि थिएन ।’ उनले प्रचण्डसँग विवाह नगर्ने निर्णय गरेको बताइन् । छोरीको निर्णय सुनेपछि प्रचण्डले भनेका थिए– क्रा’न्तिका लागि मानिसले आफ्नो ज्यान दिइरहेका छन् ।
तर, तिमी विवाह पनि गर्न सक्दिनौ ? तिम्रो विवाहले क्रा’न्तिका लागि ठूलो अर्थ राख्छ। प्रचण्डको जवाफ सुनेर आफू निः’शब्द बनेको रेणु सुनाउँछिन् । जालन्धरमा रेणु जुन केटा हेर्न गएकी थिइन्, उनी थिए, अर्जुन पाठक । अर्जुन जालन्धरमा पढिरहेका थिए । उनको उमेर २१ वर्ष थियो। ‘हामीबीच कुराकानी भएको थिएन । विवाहको निर्णय पार्टीले गरेको थियो । पार्टीको सि’द्धान्तमा हामी बाँ’धिएका थियौं। तर साँच्चै भन्दा मलाई विवाह गर्न मन थिएन,’ पाठक भन्छन् । उनीहरुको २०५३ फागुनमा लखनउको लीला होटलमा लुकिछिपी विवाह भयो ।
रेणुसँगै उनकी बहिनी गंगाको समेत विवाह भएको थियो । ‘आधा घण्टाभित्र मेरो र गंगाको विवाह सकियो। लखनउमा प्रहरीले सुइँको समेत पाएन । विवाहमा सी’मित मानिसमात्रै थिए । दुवै पक्षका आमाबुबा र बाबुराम भट्टराई दम्पती र रामबहादुर थापा बादल हुनुहुन्थ्यो ।’ अर्जुन भन्छन्, ‘विवाहको समयमा म बी’एमसी सेकेन्ड इयरमा थिए । पार्टीलाई सन्तान साथै राखेर आ’न्दोलन हुँदैन भन्ने लाग्यो । यस्तो अवस्थामा नेताहरुका सन्तान सेटल गर्ने निर्णय लियो । म पार्टीसँग प्रतिबद्ध भएका कारण मैले यो निर्णय मान्नुपर्यो ।’
अर्जुन र रेणु दुवै प्रचण्डले ब’न्दुक उठाउनु समयको माग भएको तर्क गर्छन् । रेणु अहिले चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन् । अर्जुन सामाजिक विज्ञानमा पीएचडी गरिरहेका छन् । अर्जुन गुल्मीका हुन् । उनका बुबा टेकबहादुर पाठक सन् १९६७ मा भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती भएका थिए। अर्जुन सात वर्षको उमेरमा भारत गएका थिए । टेकबहादुरले सात वर्ष भा’रतीय सेनामा काम गरेपछि जागिर छोडेका थिए । जागिर छोडेपछि उनी नेपाल आए। त्यसपछि पढे र भारतको जालन्धरमा इन्डियन ओभरसिज बैंकमा जागिर खाए ।
तर युवा टेकबहादुरको मन नेपालको स’श’स्त्र वि’द्रो हमा थियो । बैंकमा जागिर खा’इरहँदा उनले भारतमा काम गरिरहेका नेपालीलाई एकत्रित गरे । नेपाल ए’क ता समाज प’रिषद् नामको एक संगठन बनाए। सन् १९८५ मा उनले गो’रखपुरमा पहिलो पटक प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी म सालको बैठक हेर्न पाए। सन् १९८८ मा टेकबहादुरलाई नेपाल बोलाइयो । उनलाई ल’डाकुलाई ह’तियार चलाउन सिकाउन भनियो । ‘मलाई बादल (रामबहादुर थापा) ले गोरखा पुर्याउनुभयो। जंगलमा मैले एक सातासम्म मा’ओवादीलाई ह’तियार च’लाउन र दु’श्मनसँग ब’च्ने तरिकाका बारेमा ता’लिम दिएँ ।
ता’लिममा प्रचण्ड लगायतका सबै ठूला नेता समावेश थिए,’ उनी भन्छन्। तालिमकै समयमा उनी र प्रचण्डको दोस्ती बढेको थियो। टेकबहादुरका अनुसार प्रचण्ड टा’इम ब’म र ग्रि’नेड ब’नाउनसमेत जान्दथे। उनी अचूक निशाना ल’गाउन माहिर थिए । पेट्रोल ब’म र रेडियो ब’म बनाउन प्रचण्ड पहिलेदेखि सि’पालु रहेको उनी बताउँछन् । नेपाल समयबाट साभार






