काठमाण्डौ । नेकपाका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले वर्तमान राजनीतिक घटनाक्रमले पार्टी एकताको अनिवार्यता र औचित्यतालाई झन पुष्टी गरेको बताएका छन् । उपाध्यक्ष गौतमले बुधबार बसेको नेकपाको पार्टी एकता राष्ट्रिय अभियान केन्द्रिय सम्पादन समितिको आकस्मिक बैठकमा उक्त कुरा बताएका हुन् ।
नेता गौतमले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्ने निर्णय गर्दै पार्टी एकताका लागि दृढता पूर्वक लाग्न नेकपाका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवम शुभचिन्तकलाई आग्रह गरेका छन् ।
प्रेस वक्तव्य जारी गर्दै अभियानका संगोजक गौतमले बैठकमा सहभागी एकताका अभियन्ताहरुलाई पार्टी एकता अभियानको संगठित संरचना केन्द्र देखि प्रदेश, जिल्ला, स्थानिय पालिका र वडा स्तरसम्म निर्माण गरि एकताको लागि दबाब श्रृजना गर्ने निर्देशन पनि दिएका छन् ।
बैठकले जारी गरेको वक्तव्यमा देश व्यापी रुपमा पार्टी एकताको लागि दबाब स्वरुप हस्ताक्षर संकलन गर्ने निर्णय गरिएको छ ।
प्रेस वक्तव्य
२०७७ साल फाल्गुण १२ गते नेपाल कम्युनिष्ट पार्टी, पार्टी एकता राष्ट्रिय अभियान केन्द्रिय सम्पादन समितिको आकस्मिक वैठक पार्टी उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क.वामदेव गौतमको अध्यक्षतामा बस्यो । उक्त वैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।
१) गत पौष ५ गते नेपाल सरकारले गरेको प्रतिनिधि सभा विगठनको असंवैधानिक तथा प्रतिगामी कदमको विपक्षमा सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्ने निर्णय गरेको छ । साथै पहिले देखिनै भन्दै आएको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चता कायम भएको ठहर गर्यो ।
२) वर्तमान राजनीतिक घटनाक्रमले पार्टी एकताको अनिवार्यता र औचित्यता झन पुष्टी भएको छ । तसर्थ पार्टी एकताका लागि दृढता पूर्वक लाग्न नेकपाका सम्पूर्ण नेता,कार्यकर्ता,समर्थक एवम शुभचिन्तकलाई आवहन गर्ने निर्णय गरियो ।
३) पार्टी एकता अभियानको संगठित संरचना केन्द्र देखि प्रदेश,जिल्ला,स्थानिय पालिका र वडा स्तर सम्म निर्माण गरि एकताको लागि दवाद श्रृजना गर्ने निर्णय गरियो ।
४) देश व्यापी रुपमा पार्टी एकताको लागि दवाव स्वरुप हस्ताक्षर संकलन गर्ने निर्णय गरियो ।
वावुराम थापा
सचिव
पार्टी एकता राष्ट्रिय अभियान






