काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको निर्णयलाई उल्ट्याएर संसद पुनःस्र्थापना गरेकोमा केहीपनि नबिग्रीएको बताएका छन् ।
साथै मुख्यमन्त्री पोख्रेलले प्रचण्ड–माधवहरू गैर–कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारकालागि भिख माग्दै हिँडेको पनि बताएका छन् । बुधवार नेकपा ओली निकट राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले उक्त कुरा बताएका हुन् ।
पोख्रेलले भने, ‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौँ, राष्ट्रिय सहमति खोज्छौँ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिस्ट पार्टीको दुई तिहाइ हुँदा हुँदै विघटन गरेर सङ्कटमा पारे भन्ने कुरा गर्नुहुन्छ । उहाँहरूले जितेको जितको परिणाम के हो त भन्दाखेरि कम्युनिस्ट पार्टीको नेतृत्व होइन गैर–कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ ।’
नेता पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर–कम्युनिस्टहरूको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै नागरिकको बीचमा यसै विषयलाई लिएर जाने बताए । उनले जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गरे ।
प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका ष ड्य न्त्रको विरोध र भ ण्डा फोर गर्न नपाउने भन्दै मुख्यमन्त्री पोख्रेलले दुई महिनाको अवधिमा नागरिकले सत्य कुरा बुझ्ने मौका पाएको बताए ।
नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद् विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए । आउँदो चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइ सक्ने पनि नेता पोखरेलको दाबी गरे ।






