काठमाडौ । सर्वोच्चले असंवैधानिक ठहर गर्दै विघटन गरिएको प्रतिनीधिसभालाई बदर गरेपश्चात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधाबर (आज) जारी बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
जारी बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने भन्ने विषयमा छलफल हुने ती नेताले बताए । उता नेकपाको अर्को समूह प्रचण्ड नेपाल समूहले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामाको मागसंगै प्रधानमन्त्री यतिबेला दबाबमा परेका छन् ।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले राजीनामा नदिने तर संसदको सामना गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरको माध्यमबाट बुधबार बिहानै सो कुराको जानकारी गराएका हुन् ।






