काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आन्दोलनरत पक्ष प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को मुर्खतापूर्ण कदम नचाल्न चेतावनी दिएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनीधिसभा विघटन असम्बैधानिक ठहर गर्दै विघटन बदर गरिदिए लगत्तै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पदबाट तत्काल राजीनामा दिन समेत माग गरेका छन् । सर्वोच्च अदालतले ओली गलत भन्ने प्रमाणीत गरिसकेकाले तत्काल राजिनामा दिनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीले चालेको कदमले जनताले दुख पाएको बताउँदै अब तत्काल राजिनामा दिनुपर्ने सुझाव दिएका छन् ।
अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्,’ प्रचण्डले एक अनलाईनसंग कुराकानीका क्रममा भनेका छन्, ‘अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो ।’
उनले सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको अनुभुती आफुले गरेको बताएका छन् । उनले जनताको जितमा देशभर विजयी र्याली मनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले आफुहरुको ल डा ई कुर्चीका लागि नभएकाले अब सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीको पक्षमा लागेका सांसदहरुलाई पनि आफुतिर आउन आग्रह गरेका छन् ।






