काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेका छन् । उनले एक ट्वीट गर्दै ओलीलाई यस्तो भनेका हुन् । भट्टराईले गरेको उक्त ट्वीटमा धेरैले समर्थन जनाउँदै लाईक, कमेन्ट र शेयर गरेका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो ट्वीटर अकाउण्टमा लेखेका छन्, ‘कस्तो सुखद संयोग, अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो हिन्दू मिथकको भ ष्मा सु र लाई बिष्णुले मोहिनी रूप धारण गरेर व ध गरे झैं सर्वोच्च अदालतले नेपाली भ ष्मा सु र को व ध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।’
नेता भट्टराई यतिबेला उपचारका लागि भारतको नयाँ दिल्लीमा भर्ना भएका छन् । भट्टराई आज बिहान मात्रै अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा समस्या आएपछि केही समय अघि भारत गएका थिए ।







