काठमाण्डौ । नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो ।’ प्रचण्डले भने,‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ।’
योपनि पढौं
सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको छः उपेन्द्र यादव
काठमाडौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ,’ उनले भने । संसद पुनःस्थापनाले देश एउटा ट्रयाकमा फर्केको बताउँदै उनले संसद सुचारु भएपछि असहमति र असमझदारीको विषयमा छलफल गर्न सकिने बताए ।






