गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको म ह त्व का ङ्क्षा का कारण लो भ लाग्दो पार्टी एउटा ख ण्ड ह रजस्तो बनेको बताएका छन् । नेकपा जिल्ला कमिटी गुल्मीले सोमबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पार्टीलाई गु ट हरुको संयुक्त मो र्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खा ग जस्तै हुने अवस्थामा पुगेको बताएका हुन् ।
मन्त्री ज्ञवालीले केही नेताहरुको घे रा ब न्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गरे । उनले यस्तो प्रकारको घे रा ब न्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताए । “मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि ? फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?”, मन्त्री ज्ञवालीले प्रश्न गरे ।
उनले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताए । सरकार स्थिर भएमा नीति स्थि र हुने, नीति स्थि र भएमा निर्णयहरु स्थि र हुने र निर्णय स्थि र भएमा मुलुकको विकासले एउटा गति लिने उनको भनाइ थियो । विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा हो मि ने कार्यकर्तामाझ स्पष्ट पारे ।
उनले पार्टीभित्रको वि चौ लि या राजनीति र घे रा ब न्दीलाई तो ड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत नि र्दे श न दिए । मन्त्री ज्ञवालीले वर्तमान सरकार संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको बताए ।






