काठमाडौ । बामदेव गौतम सत्तारुढ पार्टीभित्रका प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव समूहबीचको एकता गर्ने मूल कसिका रुपमा भएको गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका सम्पादन सदस्य तथा युवा नेता प्रकाश रोकायाले बताएका छन् ।
मंगलबार राजधानीको संवाद ड ब लीमा कर्णाली समन्वय समितीद्वारा आयोजना गरिएको भेला कार्यक्रममा रोकायाले पार्टीका दुई पक्षलाई संयमित रहेर पार्टी एकताको पक्षमा लाग्न आग्रह समेत गरे । युवा नेता रोकायाले नेपाली इतिहासमा कम्युनिष्टहरुको अभूतपूर्व विशाल जनमतको अवज्ञा गर्दै पार्टीभित्र दुई पक्ष विभाजित हुनु निकै ठुलो दु र्भा ग्य भएको भन्दै चि न्ता व्यक्त गरे ।
उनले राजनितीमा असम्भव भनेको केहि पनि नभएको र हिजो प्रचण्ड र ओली मिल्नै सक्दैनन् भन्नेहरुलाई झा प ड दिँदै पार्टी एकता गराएको त्यसकारण अव दुई समूह मिल्दैनन् भन्ने कुरा झु ट सावित गर्दै मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्का कार्य सम्पादन समिती सदस्य उपेन्द्र सिंखडाले बारम्बार नेपाली जनताले साथ दिँदै आएपनि नेताहरुले व्यक्तिगत पद र प्रतिष्ठाको लागि कार्यकर्ताहरुको त्या ग त प स्या र जनतालाई बाँडेका सपनाहरु च क्ना चुर पार्ने गरेकोप्रति आ क्रो श व्यक्त गरे । उनले बामदेव गौतमको एकता अभियानमा साथ दिन समेत अपिल समेत गरे ।
सो भेलाले शिवराज सिम्खडाको संयोजकत्वमा ५१ सदस्यिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान, कर्णाली प्रदेश समन्वय समितीको गठन गरेको छ । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य सुदर्शन भट्टराई, प्रेम बराल लगायतको उपस्थिती थियो ।






