दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा दाङको देउखुरीमा रहेको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको उद्घाटनको दुई पटक सम्म सिलान्यास गरिएको थियो । गत माघ १२ गते प्रधानमन्त्रीले उक्त पुलको उद्घाटनकोलागी सिलान्यास गरेका थिए । सोही पुलको पुलको शिलालेख तो ड फो ड गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको पुलको शिलालेख तो ड फो ड भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । तर कसले त्यसो गर्यो भन्ने कुरा भने खुलेको छैन । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गर्दा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई निषेध गरिएको थियो । त्यती बेला नै स्थानियले शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै विरोध जनाएका थिए । तर उनीहरुको कुरा सुनुवाई भएन ।
प्रहरीका अुनसार तीन दिन अगाडि नै तो ड फो ड भएको बताइएको छ । प्रहरीले घटनामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताएका छन् । पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रु ष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तो ड फो ड भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि २०७३ सालमा सोही पुलको उद्घाटन गरेका थिए ।






