चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९० प्रतिशत सांसदको र देशको भविष्य केपी ओलीले ब’र्बा’द पारेको आ’रो’प लगाएका छन् । भरतपुर सिटी हल निर्माण कार्यको निरीक्षण गर्न आज चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै त्यस्तो बताएका हुन् ।
उनले आफुले चितवन रहेका ओली पक्षमा देखिएका संसदहरुसँग कोठामा राखेर ओलीको कदमबारे सोध्दा उनीहरुले संसद र देशको भविष्य ओलीले ब’र्बा’द गरेको बताएको पत्रकारहरुसँग सुनाएका थिए ।
उनले संसदहरुसँगको कुराकानीको आधारमा बोल्दै भने–‘ओलीका पक्षमा रहेका ९० प्रतिशत सांसद्हरू अहिले पनि संसद विघटनको विरोधमा छन । उहाँहरुले गुटमा रहेकाले बाहिर सार्वजनिक गर्न नसकेको भएपनि त्यो चुपचाप सहने अवस्था नरहन सक्छ । हामी प्रतिगमनको विरोधमा उत्रिनुको विकल्प छैन ।’
संसदहरुले आफुसँगको कुराको क्रममा बोलेको उद्घृत गर्दै उनले भने– ‘हुँदाखाँदाको दुई वर्षका सांसद पद गयो, अब जितिने सम्भावना पनि एकदमै कम छ, यो त घात भएको छ भन्ने सबैलाई नै लागेको छ ।’
उनले ओली पक्षमा लागेका पनि असल मानिसहरु ओलीको प्रतिगामी कदमको विरोधमा रहेको तर्क गरे । उनले भने–‘संविधानको पक्षधर र राम्रो दिमाग भएका मान्छेहरू संसद विघटन गर्ने कामको विरोधमा छन् ।’
उनले ओलीको कदमले ७० वर्ष लडेर आएको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान गुम्ने खतरा उत्पन्न गरेको उनको भनाई थियो । उनले यतिबेला गणतन्त्र र संविधानको रक्षाका लागि उत्रिनु गर्नु सबै राजनीतिक दल, नागरिक समाजको आवश्यक रहेको समेत बताए ।
गणतन्त्रको आन्दोलनलाई अस्वीकार गर्ने व्यक्तिको हातमा नै गणतन्त्रको व्यवस्था पुगेको भन्दै उनले निर्वाचनका बेला बनाइएको घोषणापत्र अनुसार काम गर्न नसकिएको भन्दै पुनः सबै विषयलाई लिएर जनतामा जानुको विकल्प नरहेको बताए ।
‘उनले मुलुकमा अग्रगमन र परिवर्तनका लागि आफुले तत्कालिन एमालेसँग पार्टी एकता गरेर अघि बढेको भएपनि ओलीको मनोमानीले त्यसलाई प्रभाव पारेको आरोप लगाएका थिए ।






