धनुषा । नेपाल रेलवे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको अडियो टेप बाहीरिएको छ । उनले प्रदेश २ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई अ’प’ह’र’णको ध’म्की दिएको अडियो टेप बाहीरिएको हो । उक्त अडियो टेपमा प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गा’ली’ ग’लौ’ज गरी अ’प’ह’र’णको ध’म्की दिएका छन् ।
रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले प्रदेश सरकारसँग छलफल नै नगर्ने भन्दै गा’ली ग’लौ’ज गरेको अडियो टेपमा स्पष्ट सुनिएको छ । पासवान र भट्टराईबीच भएको च’र्का’च’र्की’को अडियो बाहीरिएपछि महानिर्देशक भट्टराईले ध’म्की दिएको कुरा बाहीर आएको हो । आफ्नो घर महोत्तरीको बर्दिबास रहेको भन्दै बढी गरे जतिबेला पनि अ’प’ह’र’ण गरिदिन सक्नेभन्दै उनले ध’म्की दिएका छन् । अडियोमा महाप्रबन्धक भट्टराईले पासवानप्रति आ’क्रा’म’क हुँदै भनेका छन्ः ‘म तलाई जुनसुकै बेला अ’प’ह’र’ण गराइदिन्छु ।’
अडियोमा प्रचण्ड र ओलीको मान्छे भन्ने आ’रो’प प्र’त्या’रोप पनि सुन्न सकिन्छ । महाप्रबन्धक भट्टराईले पासवानलाई प्रचण्डको मान्छे भनेर आ’रो’प लगाएपछि पासवानले पनि उनलाई ओलीको मान्छेको आ’रो’प लगाउँदै अ’प’र’ह’ण गरेर देखाउन चुनौती दिएका छन् । सुरुमा २ मिनेट जति केही लचिलो ढंगले प्रस्तुत भएका उनीहरु केहीबेरपछि निकै च’र्को आ’रो’प प्र’त्या’रो’पमा उत्रिएका छन् । करिब ४ मिनेटजति च’र्को आ’रो’प प्र’त्या’रो’पमा उत्रिएका उनीहरुले राजनीतिक श’क्ति र नेताको आडमा तिब्र आक्रोस पोखेको सुनिन्छ ।
यस सम्बन्धमा अनिलसँग बुझ्दा उनले प्रतिक्रिया दिन मानेनन् । महाप्रबन्धक भट्टराई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् भने पासवान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भनेर चिनिन्छन् । उनी प्रचण्ड–माधव पक्षका युवा संघका केन्द्रीय सदस्य समेत हुन् । यता, नेकपा धनुषाका नेता दिपक पटेलले अनिल दलित भएकै कारण उपल्लो जातका भट्टराईले अमानवीय व्यवहार गरेको आ’रो’प लगाए ।






