बाँके । उप- प्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपालगन्ज आउनुभएको छ । बैजनाथ गाउँपालिका वार्ड नं ३ नौवस्ता स्थित कारागार कार्यालय नौवस्ता बाँकेको उद्घाटनका लागि नेपालगन्ज विमानस्थलमा आउनु भएको हो ।
गृहमन्त्री लामिछानेलाई नेपालगन्ज विमानस्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुवेर सिंह कडायत, लुम्बिनी प्रदेश सशत्र प्रहरी प्रमुख अभी कुमार खत्री, लुम्विनी प्रदेश राष्ट्रिय अनुसन्धान प्रमुख ओम बहादुर खड्का, लगायत जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरुद्वारा स्वागत गरिएको थियो ।







