काठमाडौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले निर्मला र भागरथी ह’त्याका दोषी उम्कन नपाउने बाचा गरेका छन् । बुटवलमा शनिबार आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निमर्ला र भाथरथीको परिवारालाई सान्तवना दिंदै उनीहरुको ह’त्यामा संलग्न दो’षीलाई का’र्वा’ही गरेरै छाड्ने बाचा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले निर्मला र भागरथी ह’त्या’का’ण्डका दो’षीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुको न्यायका लागि सरकार क’टि’ब’द्ध लागिपरेको बताए । ‘निर्मला र भागरथीका ह’त्या’रा’हरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ ।’प्रधानमन्त्री ओली भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहतिर लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पी’डामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पी’डामा आँशु खसाउँछौँ ।’ उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आ’त्ति’एको, ड’रा’एको समेत बताए ।
प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’
उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’ उनले भने






