काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी राम जन्मभूमीका बारेमा कुरा उठाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतदान स्थल चितवनको ठोरीलाई भगवान रामको जन्मस्थान भएको हुनसक्ने भन्दै उनले अध्ययन हुनुपर्ने बताएका थिए । उनले प्रचण्डमाथि रामको जन्म मिति र जन्म भूमिलाई लिएर प्रश्न उठाउँदै टिप्पणी गरेका छन् ।
शनिबार बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडासम्म केबलकार शनिबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्म स्थान प्रमाणित गर्न सुडेनी खोज्दै जाँउ त भनेर प्रश्न उठाएका हुन् । प्रचण्डले धार्मीक कुरा उठाएर राजनीतिमा तरंग मात्र ल्याउन खोजेको आरोप लगाएका थिए । उनले धर्मलाई राजनीतिक एउण्डा बनाएर भ्रम छर्न खोजेको उनको भनाई छ ।
‘अस्ति एक जना मान्छेले भाषण गर्दा भन्नु भो– केपी ओलीले राम जन्म भूमिमा राम र सीताको मन्दिर बनाउने र प्रतिमा स्थापना गर्ने भन्ने सुन्दै छु तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुप¥यो नि राम त्यहीँ जन्मिएका थिए भनेर’, उनले भने, ‘अब म त्यसबेलाका सुडेनी खोजेर ल्याउँ कि के खोजेर ल्याऊ, राम जन्माउँदा कौशल्याका छेउमा मै थिए भन्ने को फेला पर्ला ।’
उनले अहिले सम्म राम जन्मिएको स्थान यहि हो भनेर कतै प्रमाणीत नभएको बताए । त्यसैले उनले यसवारे अध्ययन हुनुपर्ने माग गरेका छन् । गएको भानु जयन्तीको बेलामा उनले भगवान राम नेपालमै जन्मिएको बताएका छन् । उनले कतिपय कुराहरु श्रृति, परम्पार, व्यवहार र दर्शनका आधारमा पुष्टि हुने बताए। उनले यो धेरै पुरानो भएका कारण मेसोपोटामियाको जस्तो यहाँ माटोको हाडी खोजेर नभेटिने बताए ।






