काठमाडौ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन माओवादीको भुमिगत राजनीतिलाई कु’हि’ए’को फर्सी भनेको भन्दै आलोचना भयो । प्रचण्डले पूर्व माओवादी तर ओली तिर लागेका नेताहरुलाई संकेत गरेर कु’हि’ए’को फर्सी भन्दा कसरी सहनुभयो कमरेड ? भन्दै टिप्पणी गरे ।
अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले त्यसबारे स्पष्टिकरण दिएका छन् । उनले जनयुद्ध नभई त्यसका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड कुहेको भनेको स्पष्टिकरण दिएका छन् । शनिबार बुटवलमा जनयुद्धका कमण्डरहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्पष्टिकरण दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धका कमान्डर कु’हे’को भन्दै जनयुद्ध कुहेको भनेर भ्रम फैलाउने काम भएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले तपाईंहरुले जनयुद्धको नेतृत्व गर्दा बनाएको सुप्रिम कमान्डर फर्सीजस्तै कु’हि’यो भन्दा जनयुद्ध फर्सीजस्तै कुहियो भनेर भन्दा खेरी जनयुद्ध कुहियो भनेर तपाईंहरुलाई भ्रमित गर्ने काम भएको छ’, उनले भने, ‘कमान्डर कु’हे’को हो ।
सुप्रिम कमान्डर प्रचण्ड कुहिनुभयो । उहाँले बलिदान र परिवर्तनको मूल्य र राष्ट्रको अस्मितालाई बुझ्न सक्नुभएन । आफ्नो स्वार्थकमा लागि बलिदानलाई प्रयोग गर्नु भयो ।’






