काठमाण्डौ । तत्कालीन माओवादीहरुले २०५२ साल फागुन १ गतेदेखि स’श’स्त्र यु’द्ध सुरु गरेको दिनको स्मरणमा ज’न’यु’द्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज ज’न’यु’द्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।
स’हि’द स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स’हि’हरुप्रति सम्मान कार्यक्रम राखिएको नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
नयाँ जनवादी क्रा’न्तिको लक्ष्यसहित ब’न्दु’क उठाएको माओवादीले २०६३ मंसिर ५ गते ह’ति’या’र बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आ’क्र’म’ण गरी स’श’स्त्र यु’द्ध सुरु भएको थियो । १० वर्षसम्म चलेको यु’द्धमा राज्य र वि’द्रो’ही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।
हजारौँ व्यक्ति घाइते र अ’ङ्ग’भ’ङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।






