बाँके । बाँकेको खजुरा गाउँपालिकामा जग्गा नापजाँचको काम शुरु भएको छ । सोमबार सोही पालिकाको वडा नम्बर ६ सिमलघारीबाट जग्गा नापजाँच गर्न शुरु गरिएको खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले बताउनुभयो ।
उक्त पालिकामा भूमिहिन, दलित र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच शुरु गरिएको हो । अध्यक्ष विकका अनुसार भुमिहीन सुकुम्बासि र अब्यबस्थित खजुरामा गाउँ पालिकाले दलित सुकुम्बासि बसोबासिहरुलाई जग्गाको पुर्जा नापजाँच कार्य शुरु गरिएको हो ।
अब्यावस्थित रुपमा लामो समय देखि भोग चलन गर्दै आएका नागरिकहरुको लागि लालपुर्जा वितरण गर्न गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिका प्रमुख विकले बताउनुभयो । उहाँले पाचँ बर्षको कार्यकालमा खजुरा भरिका भुमिहीन सुकुम्बासि अब्यबस्थित बसोबासिहरुलाई जग्गाको पुर्जा वितरण गरिने पनि बताउनुभयो ।
सार्वजनिक जग्गाको संरक्षण र भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारले पहिलो प्राथमिकता रहेको प्रमुख विकको भनाई छ । अध्यक्ष विकले भुमिहिन गाउँपालिका बासीलाई सम्पतिको मालिक बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 






