काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओली सरकारले आफ्नो काल आफै निम्त्याएको बताएका छन् । उनले नेतृ झाक्रिले राष्ट्रपतिबारे विचार दिएकै आधारमा गिरफ्तार गर्नु नेपालको संविधान विपरित भएको भन्दै लोकतन्त्रमा पनि यस्तो गैरजिम्मेवारपुर्ण काम गरेकोमा ओली सरकारले आफ्नै अन्त्यकालागी आफ्नो काल आफै निम्त्याएको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भन्दै उस्ले त्यो विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सजिलै प्रयोग गर्न पाउने बताएका छन् । उनले देशको कानून रामकुमारी झाक्रिले नभएर स्वयम् संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि जोकोहीलाई पनि बोल्ने अधिकार भएको बताएका छन् । उनले बोल्ने अधिकारलाई पनि हनन् गरेर यो सरकारले नेतृ झाक्रिलाई जे गर्यो त्यो निकै नलायकपुर्ण काम गरेको बताए ।
संविधानको धारासहति ट्वीट गर्दै भट्राइले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? के सरकारको काल आएकै हो ?’






