नेपालगञ्ज । बाँके स्थित नेपाल–भारत सीमानाका जमुनाहमा निर्माण सम्पन्न एकीकृत जाँच चौकीको उदघाटन भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्तरुपमा नेपालगञ्जको रुपैडिहामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको हो । भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले सो जाँचचौकीको उद्घाटन गरिएको हो ।
उदघाटन पश्चात सहजरुपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकीलाई महत्त्वपूर्ण मानिएको छ । वीरगञ्ज र विराटनगर पछिको तेश्रो ठूलो एकीकृत जाँच चौकीको रुपमा स्थापना गरिएको उक्त बन्दरगाह भारत सरकारको सहयोगमा निमार्ण गरिएको हो । नेपाल इन्टरमोडल यातायातका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार १ सय ४७ करोड लागतमा एकीकृत जाँच चौकी निमार्णका भएको हो ।
उदघाटन भएसंगै आज नेपालबाट एक ट्रक जडीबुटी भारततर्फ निर्यात गरिएको छ भने भारतबाट दुई ट्रक पेटा्रेलियम पदार्थ आयात गरिएको छ । नेपालगञ्ज स्थित उक्त एकीकृत जाँच चौकीमा ३ सय ट्रक पार्किंग गर्ने क्षमता रहेको छ । त्यसैगरी गोदम, ईन्ट्रि गेट, एक्जिट गेट, भन्सारका लागि भवन, प्रशासनका लागि भवन, क्वारेन्टिनका लागि भवन, बैंकको लागि स्पेस, कर्मचारीलाई आवासको व्यवस्था गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार एकीकृत जाँच चौकी उदघाटन भएसँगै आयात र निर्यातमा नेपालगञ्ज भन्सारबाटै सहज भएको छ । ‘पहिला अन्यत्रैबाट व्यवस्गा गरिनु पदथ्र्यो भने अब नेपालगञ्ज भन्सारबाटै आयात र निर्यातको काममा सहज हुनेछ भएको छ ।’ उहाँले भन्नुभयो,‘एकीकृत जाँच चौकी नहुँदा पार्किंग, जाँचपास, गोदाम लगाएत अन्य कुराको समस्या हुन्थ्यो भने अब ती सबै समस्या समाधान हुने भएको छ ।’
नेपाल भारतबीचको अध्यागमन पनि उक्त जाँच चौकीबाट गरिने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । उक्त एकीकृत जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको थियो । दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । त्यसक्रममा नेपाल–भारतका अधिकारीहरु नेपालगन्जमा उपस्थित भएका थिए । भारतका डिएम प्रशान्त बर्मा, जिएम प्रदीप त्यागी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुख सन्तोष राठौरलगायतको सहभागिता थियो । यस्ता छन् तस्विर















