काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको विवरणमा १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।
१० महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार यस अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ ।
आर्थिक वर्ष २०७८र७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७८र७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकोमा चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
कारोबारका आधारमा आर्थिक वर्ष २०७८ ७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकोमा चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।






