बाँके । बाँकेका ८ वटा सहकारी एकिकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सोमबार बाँकेको शमशेरगन्जमा साना किसान कृषि सहकारी सस्था लिमिटेड महादेवपरीको अगुवाइमा ८ वटा सहकारी बाँकेका ८ वटा साना किसान सहकारी संस्थाहरु अष्टम साना किसान कृषि सहकारी संस्थामा एकिकरण भएका हुन् ।
एकिकरण हुनेमा सानाकिसान कृषि सहकारी संस्था लि. महादेवपुरी राप्ति सोनारी ८ बाँके, लगनशिल सानाकिसान कृषि सहकारी संस्था लि बैजनाथ ६ बाँके, महिला सानाकिसान कृषि सहकारी संस्था लि. बैजनाथ ८ बाँके, त्यसैगरी सुर्यलक्ष्मि सानाकिसान कृषि सहकारी संस्था लि. राप्ति सोनारी ४ बाँके, सौगात सानाकिसान कृषि सहकारी संस्था लि राप्तिसोनारी ५ बाँके, नवज्योति सानाकिसान कृषि सहकारी संस्था लि खजुरा २ बाँके, हातेमालो सानाकिसान कृषि सहकारी संस्था लि खजुरा ८ बाँके, र आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लि जानकी ६ बाँके रहेका छन् ।
अष्टम सानाकिसान कृषि सहकारी संस्था लि.मा बाँकेका आठ ओटा सहकारी संस्था एकिकरण भएका छन् । कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सभासद तथा पुर्व बन तथा वातावरण मन्त्री दर्गा चौधरीले नामको लागि मात्र किसान बन्ने खेत बाझो राखेर किसान बन्नेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए । किसान हुँ भन्ने तर आफ्नो भान्साका लागि खाने तेल सम्म किनेर खानेृ हुँदा कृषि र सहकारीमा लागनी बढ्न नसकेको बताए ।
हाम्रो उत्पादनको प्रयोग कति भएको छ ? सहकारीले त्यो कुराको मुल्यांकन गर्न आवश्यक छ । उहाँले भन्नुभयो,‘अनुत्पादक क्षेत्रमा लगानि गरेर फाइदा छैन देश टाट पल्टीने सम्भावनामा पुगीसकेको छ । त्यसैले उत्पादन बढाउने कुरामा लगानि बढाउन जरुरी छ ।’ सहकारीको दिगोपन स्वनियम र सुशासन भन्ने मूल नारामा आयोजना गरिएको एकिकरण घोषणा कार्यक्रममा नेपाल कृषि संघका उपाध्यक्ष पुर्ण शर्माले संघियताले सहकारीको घाँटी निमोटिएको बताए ।
अधिकांश सहभागिले सहकारीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको हुनाले नै सहकारी पछि परेको उहाँको भनाई थियो । जिल्ला कृषि सहकारी संघ बाँकेका अध्यक्ष एकता शाहले सहकारीले महिलाको परिचय बनाएको बताउँदै सहकारीको ठूलो जिम्मेवारी महिलाकै काँधमा रहेको बताए ।
पलाएन भएर जानुभन्दा एकिकरण भएर अगाडी बढ्नुमा सहकारीको विकासको अर्को सफलता भएको खजुरा गाउँपालिका वडा नं. २ का धनराम वलीले बताए । उनले सहकारी सञ्चालनका लागि आधिकारीकता प्रदान भएको बताउँदै स्थानिय सरकारले पनि सहकारी सञ्चालनका लागि बजेट छुट्टयाउन आवश्यक रहेको बताए । यसका साथै उनले चुनौतिले घेरिएको सहकारीलाई माथि उठ्न इमानदारीता कायम गरेर अगाडी बढ्न सुझाव समेत दिए ।
देव बहादुर ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीले सहकारी राज्यको प्रतिस्पर्धि नभई राज्यको शैली मात्र भएको बताउँदै राज्यलाई आफ्नो प्रतिस्पर्धीका रुपमा सहकारीलाई नलिन आग्रह गरे । यसका साथै उनले सहकारीको अभियान बजारीकरणको प्रशोधन र प्रर्वद्धन भएको बताए ।
स्थानिय सरकारबाट सहकारीलाई बजेट विनियोजन नभएको गुनासो गर्दै उनले सरकारीलाई पैसा भन्दापनि पैसाद्धारा सञ्चालित कार्यक्रमहरु सञ्चालनमा जोड दिन आग्रह गरे । सहकारीका लागि सरकार हेर्दा देखिने र छाम्दा भेटिने खालको हुनुपर्ने आवश्यकता औंल्याए ।













