काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा) ले ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा आज सोमबार बसेको बैठकले डा। स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको थियो । चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।
यस्तै बैठकले डा. मुकुल ढकाललाई नीति तथा विचार र प्रशिक्षण, डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियारलाई मानव अधिकार, सोबिता गौतमलाई कानुन तथा न्याय, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन र दीपक बोहरालाई जनसम्पर्क विभाग प्रमुख तोकेको छ ।






