बाँके । रोल्पाका खगेन्द्र बुढा मगरलाई यतिबेला नेपालगञ्जमा काफल बेच्न भ्याईनभ्याई छ । ४१ व्र्षिय खगेन्द्रले नेपालगञ्जको चर्को घाममा विभिन्न चोकमा डालोमा काफल राखेर मानाको १ सय ५० रुपैंयाका दरले कापल बेच्दै आईरहेकाछन् ।
बिहानको ११ बजेबाट नेपालगञ्जका विभिन्न चोकमा काफल बेच्दै गरेको भेटिने खगेन्द्रलाई यहाँको गर्मी र तातो हावाले केही फरक पारेको हुँदैन । एकदिनलाई परीक्षण काल राखेर एक डालो मात्रै काफल ल्याएर नेपालगञ्ज आएका खगेन्द्रको काफल एकैछिनमै बिक्री भएपछि अहिले उनी विगत ४ दिनदेखि नेपालगञ्जमा काफल बेच्दैछन् ।
उनले भने,‘विचार गर्छु भनेर नेपालगञ्जमा जम्मा एक डालो काफल लिएर आएको थिएँ । एक डालो त एकैछिनमा सकियो । त्यसपछि मैले परिवारलाई उतैबाट काफल पठाईदिन भन्छु उनले खरिद गर्छिन् र नेपालगञ्जको गाडीमा पठाउँछिन् । यहाँसम्म आईपुग्दा दिउँसोको त्यस्तै ११ बजि सकेको हुन्छ । मेरो हातमा काफलको डालो पर्ने बित्तिकै बेच्न शुरु गर्छु ।’
यो मौसममा पहाडमा प्रशस्तै फल्ने चैते काफललाई नेपालगञ्जमा ल्याएर बेचिरहंदा कसैलाई महंगो भएको त कसैलाई सस्तो र महंगोको केही फरक नै नपरी किनेर खाने गरेको उनी बताउँछन् । ४ दिनदेखि नेपालगञ्जको धम्बौझि चोक र सेतुविक चोकमा रोल्पाका खगेन्द्र बुढा मगर र उहाँका साथी हरी नारायण चौधरीले काफल बेच्दै आईरहेकाछन् ।
रोल्पाबाट दांग झरेर नेपालगञ्जसम्म आईगेका खगेन्द्र र हरीनारायणले दैनिक ५ देखि ८ डालासम्म काफल बिक्रि गर्नेर्छन् । प्रतिडाला ४ देखि ५ हजार रुपैंया तिरेर खरिद गरेको काफललाई ७ देखि ८ हजार सम्मको फाईदामा विक्रि गर्ने गरेको खगेन्द्रले बताए ।
यातायातदेखि नेपालगञ्जको बसाई, खाना लगाएत अन्य सबै खर्च कटाएर दिनको १५ सय देखि २ हजारसम्म फाईदा हुने गरेको उनी बताउँछन् । खगेन्द्र र हरीनारायणले अहिलेसम्म १५ डालाको व्यापार गरीसक्नु भएको छ । ७० देखि ७५ प्रतिशतले काफल खान मन पराएको उनको भनाई छ ।
दांगमा काफल बेच्नेहरु प्रशस्तै भेटिने हुँदा व्यापारको दृष्टिकोण्ले प्रतिस्पर्धा हुने हुँदा यो मौसममा नेपलागञ्जलाई काफलको व्यापारिक केन्द्र बनाएको खगेन्द्रले बताए । अहिले नेपालगञ्जमा खगेन्द्र र हरीनारायणले मात्रै काफल बेच्दै आईरहेकाछन् ।








