नेपालगञ्ज । सहकारीको लेखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगञ्ज स्थित सहकारी प्रशिक्षालय भवनमा ६ दिने लेखा सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिममा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाबाट सहभागीहरुले सहभागीता जनाएका थिए ।
सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रार्चाय विनोद कुमार पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ससहकारी संस्थालाई चुस्तदुरुस्त बनाउनका लागि लेखा व्यवस्थापन पक्ष अति नै आवश्यक भएको हुनाले लेखालाई पारदर्शीतापुर्ण ढंगले संचालन गर्न प्रार्चाय पौडेलले आग्रह गरेका थिए ।
कार्यक्रममा तालिमका विषयमा आफुले पाएको ज्ञानका कुरालाई महिला सहभागीको तर्फबाट बबिता भण्डारी र पुरुष सहभागीको तर्फबाट प्रेम बहादुर खत्रीले आफ्नो अनुभवका आधारमा बताएका थिए ।







