काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो ।
मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो। राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई चिकित्सक र एक नर्स पनि भारत गएका छन् ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए।






