नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । सर्वसम्मतमा चयन भएको नेतृत्वको केन्द्रीय कमिटीमा बाँकेका खेमराज शर्मा लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएका छन् । चैत २७ गतेदेखि नेपालगन्जमा जारी महाधिवेशनले बिहीबार सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षहरुमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम महासचिव सुमन पुरी, उपमहासचिव महेन्द्र गुरुङ, राजन थापा, सचिवहरु विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी, कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई,
लेखा आयोगमा सन्तोष चौलागाईं (प्रमुख) नानीराम तिवारी, (उपप्रमुख), प्रवीण बोगटी (सचिव), अनुशासन आयोग राकेश लामा (प्रमुख, दिपेश खड्का (उपप्रमुख), राजन नेपाली (सचिव), निर्वाचन आयोगमा बलराम बेलबासे (प्रमुख), बाबु छतकुली (उपप्रमुख), गोपाल नेपाली (सचिव) लगायत छन् ।






