बाँके, कोहलपुर । कोहलपुरमा लुम्बिनी प्रादेशिक कृषि, पर्यटन, शिक्षा र उद्योग महोत्सब २०७९ शुक्रवार देखि शुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा लुम्बिनी प्रादेशिक कृषि, पर्यटन, शिक्षा र उद्योग महोत्सब शुक्रबार देखि शुरु भएको हो । ‘कृषि पर्यटन शिक्षा र उद्योगको आवश्यकता व्यवसायी प्रवद्धनसंगै समाजिक एकता’ भन्ने मुल नाराका साथ शुक्रवार देखि सुरु भएको महोत्सबमा प्रमुख अतिथी लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।
महोत्सबको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पर्यटन र वन देशको मुख्य श्रोत भएकोले पर्यटन प्रवद्र्धनमा सबै तहका सरकारले प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले निर्वाचनको समयमा गरिएका बाचा पूरा गर्ने बताउँदै आफु नबद्लिने बरु आफ्नो क्षेत्रको अवस्था बदल्ने बाचाले अब छिटै उपलब्ध पाउने बताए ।
आफु वन तथा वातावरण मन्त्री भएता पनि वन र वातावरणमात्र नभई जनताको सबै खाले समस्याको समाधान भएर उभिने समेत उहाँले प्रतिबद्धता जाहेर गरे । मन्त्री चौधरीले यस क्षेत्रमा क्षणिक विकास नभई जग बसाउने गरि विकास गर्ने योजनामा रहेको बताउँदै बर्तमान सरकारले जनताको हकहितका लागि नयाँ योजना समेत ल्याउने उनले बताए । बाँकेको राष्ट्रिय निकुञ्जमा बर्षेनी लाखौ काठ दाउरा कुहेरै जान्छन ति काठलाई व्यवस्थापन गरेर यस क्षेत्रको आयश्रोत बढाउने र नयाँ प्राबिधि अपनाएर बातावरणलाई वातावरणमैत्री बनाउने लक्ष्य रहेको मन्त्री चौधरीले जानकारी गराए ।
औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न र यस क्षेत्रका कला–सांस्कृतिकोे संरक्षण गर्न कोहलपुर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने उद्देश्यसाथ र कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणार्थ लुम्बिनी प्रादेशिक महोत्सब कोहलपुर २०७९ संचालन गरिएको आयोजकले जनाएको छ ।






