काठमाण्डौ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदीमाथि रहेको ुरिभर फन जिपलाइनु मा सयर गरेका छन् । १२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी ुरिभर फन बिच रिसोर्ट प्रालीु ले पृथ्वी राजमार्गको चुम खोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज सोमवार मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गरेका हुन् ।
मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुअघि डर लागेजस्तो भए पनि पछि उडान रोमाञ्चक भएको प्रतिक्रिया दिनुभयो । पछिल्लो समय साहसिक गतिविधिले आन्तरिक पर्यटन प्रवर्धनमा निकै सघाएको उनले बताए । पाँच सय ५८ मिटर लामो जिपलाइनको धेरैजसो भाग त्रिशूली नदीमाथि पर्ने कारण झनै साहसिक र रोमाञ्चक रहेको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए ।
नदीमाथिको रोमाञ्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमुना भएको अधिकारीको भनाइ छ । जिपलाइन उडानमा प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो, भिडियोको थप तीन सय रुपैयाँ लाग्ने उनले जानकारी दिए । १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरु हुने जिपलाइन उडामा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकै पटक एकअर्कालाई हेर्दै उडान गर्न मिल्ने अधिकारीले बताए ।
रिसोर्टमा ९५ मिटरको स्काई रोप साइक्लिङसमेत रहेको छ । रिसोर्टमा मिनी जिपलाइन, पिङ, रोप कोर्स लगायतका गतिविधिसहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन अवस्थामा रहेको छ । जिपलाइनका लागि बनाइएको टावरको तीन वटा तलामा ुरिभर फन क्याफेु रहेको छ । जिपललाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न सात करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।






