दाङ । सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डौ–दाङ उडान सुरु गर्ने भएको छ । माघ २५ गते बुधवारदेखि हवाई सेवा दिने जनाएको सीता एअरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको हो । यसअघि काठमाण्डौ–दाङ हवाई सेवा नेपाल वायु सेवा निगमले दिँदै आएको छ ।
यसअघि सीता एअरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो । सीता एअरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एअरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो ।
तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिए । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।






