बाँके । बाँके कोहलपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी नायव उपरीक्षक ऐन बहादुर मल्लले ईलाका ईन्चार्ज भएर आफुले पाएको जिम्मेवारीलाई पुरै ईमान्दारीका साथ निभाएको बताएका छन् । डिएसपीहरुको सरुवा प्रकृया अन्तरगत बाँकेबाट सरुवा भएर सुनौल जान लागेका उनलाई शनिबार सञ्चारीका समूह बाँकेले गरेको बिदाई कार्यक्रममा उनले ईलाका ईन्चार्ज भएर आफुले पाएको जिम्मेवारीलाई पुरै ईमान्दारीका साथ निभाएको बताएका हुन् ।
‘म यस ईलाकामा ईलाका प्रमुख भएर आएको दिनदेखि मन बचन र कर्मले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नेदेखि यहाँ ठूलो संख्यामा हुने गरेको लागू औषध नियन्त्रण लगाएत अन्य सामाजिक क्षेत्रमा आफ्नो योगदानलाई पुरै ईमान्दारीताका साथ निभएको छु ।’ उनले भने,‘काम गर्दै जाने क्रममा मैले सबैको साथ पाएको छु । मैले गरेका कामहरुलाई यहाँ सञ्चारकर्मी साथीहरुले निकै नै सकारात्मक रुपमा समाचार सम्प्रेषण गरेर मलाई मेरो जिम्मेवारी पुरा गर्न थप ऊर्जा प्रदान गर्नु भयो ।’
उक्त बिदाई कार्यक्रममा बाँके सञ्चारीका समूहका अध्यक्ष रुपनी जि।एमले ईलाकाहोस् या जिल्ला प्रहरी प्रमुख भएर आउनेहरुले महिला पत्रकारलाई समाचार सम्प्रेषणका लागि खासै महत्व नदिएको बताउँदै कोहलपुर ईलाका ईन्चाज मल्लद्धारा त्यस प्रकारको विभेद नभएको बताईन् । ‘जिल्ला, ईलाका या नाका जस्ता महत्वपुर्ण क्षेत्रमा होस् प्रहरी प्रमुख भएर आउने प्राय प्रहरीका प्रमुखहरुले महिला पत्रकारहरुलाई समाचार सम्प्रेषणमा खासै महत्व दिईएको पाईँदैन । तर यहाँले हामी महिला पत्रकारहरुलाई सधैं समान रुपमा व्यवहार गर्नु भयो । तपाईँको यो समान व्यवहारलाई सञ्चारीकाले सधैं सम्झने छ ।’ उनले भनिन् ।
कार्यक्रममा सञ्चारिका महासचिव पवित्रा परियारले पनि ईलाका ईन्चार्जबाट आफुले कहिल्यैपनि समाचारका लागि सूचना पाउनबाट बञ्चित नभएको अनुभव सुनाईन् । डिएसपी मल्ललाई महिलापत्रकारहरुले खादा तथा फुलमाला लगाएर बिदाई गरेका थिए । सोही क्रममा मल्लले आफु फेरी बाँके आउन सक्ने सम्भावना रहेको बताए ।










