जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आ त्म दाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आ गो लगाउने प्रयास गरेर आ त्म द हाको प्रयास गरेका हुन् । बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ ।’
भन्दै एकजना युवाले आ त्म ह त्याको प्रयास गरेका हुन् । कोहलपुर नगरपालिका– १० स्थायी घर भएका वर्ष ४० का गोकर्ण कार्कीले रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए ।
उनले भने,‘निज कार्की शरीरमा पे ट्रो ल खन्याइसकेर शरीरमा आ गो लगाउने तयारीमा थिए । प्रशासनकै भवनको आडमा भएकाले हामीले छिट्टै थाहा पायौँ । तत्काल रोकेपछि मानवीय क्षति हुनबाट भने जोगियो ।’ आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले ला इ ट र खोसेको थियो । आ त्म दा हको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् ।
विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन् । आ त्म दाहको कारणबारे खुलाउदै कार्कीले भने,‘यो देशमा जताततै भ्रष्टाचार छ । अनियमितता छ । भ्रष्टचार रोक्छु, देशलाई परिवर्तन गर्छु भन्ने रवि लामिछानेजस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु । त्यसैले मर्ने निधो गरेको हुँ ।’
कार्कीलाई कर्णाली प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीको जिम्मा लगाइएको डिएसपी चन्दले बताए । पूर्वगृहमन्त्री रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएका छन् ।






