नेपालगन्ज । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले भन्सार छलेर नेपाल भित्रिएको एक लाख बढिको सामान बरामद गरेको छ । शुक्रबार चेकजाँचका क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामानलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले बरामद गरेको ईलाका ईन्चार्ज पुर्ण बहादुर वि.कले जनाकारी दिए ।
अबैध रुपमा भन्सार छलि ल्याएको सुर्ति, कपडा लगायतका करिब एक लाख बढि बराबरको सामान पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००, जेन्स सुट कपडा ६ थान,भेलि ८० के.जि, लेडिज उनि सुट १४ पिस र पिठो २ बोरा गरि अन्दाजी एक लाख बाह्र हजार नौ सय पचास बराबरको सामान पक्राउ गरिएको छ ।
बरामद गरिएको अबैध सामानलाई आबश्यक कार्बाहिको लागि भन्सार कार्यालय बुझाईएको जमुनाहा ईलाकाका ईन्चार्ज वि.क ले जनाकारी दिए ।






