काठमाण्डौ । नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका राष्ट्रिय क्रिकेटका निलम्बित क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ । उनको डिप्रेसनको मात्रा बढेको कुरा बरिष्ट मनोपरामर्शविद् सुष्मा रेग्मीले लामिछानेलाई सोमबार कारागारमा पुगेर मनोपरामर्श दिएपछि बाहीरिएको हो ।
डिप्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरु बेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् । कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको बताईएको छ ।
अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको मनोपरामर्शविद् रेग्मीको भनाई छ । सन्दीप असोज २० गते १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा त्रिवि विमानस्थलबाट पक्राउ परेका थिए ।






