काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजबादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएको छ । ओली र भट्टराईबीच आज सोमबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल भएको छ । नेकपाले गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओबादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।






