पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्डल) द्धारा आज आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन गरिएको हो । जनवरी १ मा उद्घाटन गर्नुको मुख्य कारण बाहिर समेत सन्देश दिने बताईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाण्डौबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन । समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो ।
महानगरबासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको छ । महानगरको आग्रहसंगै पोखराबासीले आ आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित थिए । पोखरामा गरिएको अन्तराष्ट्रिय विमान स्थलको उदघाटनसंगै पोखराबासी लगातए सिंगो देश भरी नै खुशीयाली छाएको छ ।






