नेपालगन्ज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नगर कार्यसमिति नेपालगन्जका नगर सदस्य अनुराग शाह, उज्वल शाह र शुभम शाह माथि सां’घा’तिक आ’क्र’म’ण भएको छ । उनीहरु माथि आज आइतबार नेपालगन्जमा दिउँसो साँ’घा’तिक आ’क्र’म’ण भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धा’रि’लो ह’ति’यार प्र’हा’र गर्दा नेपालगन्ज १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका थिए । आ’क्र’मणको घटनाप्रति नेपाल तरुण दल जिल्ला कार्य समितिको गम्भिर ध्यानकर्षण भएको छ ।
तरुण दल बाँकेका सचिव बिनोद रिजाल, तरुण दल नेपालगन्ज उपमहानगर सभापति संन्दिपजंग शाह र तरुण दल खजुरा गाउँपालिका सभापति कोमलराज सिंह ठकुरीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । अपराधिक गिरोहले ज्यान लिने उद्येश्यले गरेको आ’क्र’म’णमा संलग्न दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइएको छ ।
आ’क्र’म’णबाट घाईते भएका तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । उनको शरिरका विभिन्न भागमा गहिरो चोट छ । प्रत्यक्षदर्शीका अनुसार आ’क्र’म’णकारीले खुँ’डा र खु’कु’री प्र’हा’र गरेका थिए ।
नगरमा निर्वाध रुपमा हिडडुल गरी आफ्ना दैनिक गतिविधी सञ्चालन गर्न सक्ने गरी शान्ति सु–व्यवस्था कायम गर्न तरुण दलले विज्ञप्ती मार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएको छ । ‘यदी पीडितहरुलाई न्याय भएन र अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही भएन भने सिंगो तरुण दल यो सरकारको विरुद्ध सडक आन्दोलनमा उत्रने र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं गृह प्रशासन हुने व्यहोरा अवगत गराउँदछौं,’ विज्ञप्तीमा चेतावनी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको बताए । डिएसपी घर्तीले पक्राउ परेका ब्यक्तिको नाम भने उल्लेख गर्न चाहेनन् । उनले भने,‘चार जना ब्यक्ति हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको छ ।’






