काठमणडौ । बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ ।
जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र ९१ दिने ट्रेजरीको क्रमशः ५ अर्ब र ७ अर्ब ७५ करोड नयाँ बिक्री हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस ११ गते १३ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रजरी बिल्सको बिक्री गरेको थियो ।






