एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ । हिजो हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । आज बिहानै उनको निधन भएको हो ।
उनको आजै अन्त्येष्टि गरिएको छ । स्वर्गीय आमा हीराबेनको पार्थिव शरीरमा मोदीले दाग बत्ती दिएपछि उहाँको अन्त्येष्टि गरिएको हो । मोदीले आमाको निधनलाई एक गौरवमय शताब्दीको अन्त्य भनेका छन् ।






